पथरीशनिश्चरे ।

आगामी असोज–१ गतेदेखि उपयुक्त वैकल्पिक विधि अपनाएर विद्यालय संचालन हुने भएका छन्।
पथरीशनिश्चरे नगर क्षेत्रभित्र रहेका सबै विद्यालयहरुले आफ्नो सेवाभित्रका सरोकारवाला पक्षहरुबीच आवश्यक छलफल गरी उपर्युक्त विकल्प सहितको ढाँचा बनाएर विद्यालय खुल्ने भएका हुन् ।
सरकारले तोकेको न्युनतम स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यार्थी संख्या र उपलब्ध भौतिक पूवार्धारहरु समेत हेरेर सामुदायिक ,धार्मिक तथा संस्थागत विद्यालयहरु संचालनका लागि निर्देश गरेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९को प्रकोप बढ्न सक्ने भन्दै गत बैशाखदेखि हालसम्म पनि विद्यालयहरु खुल्न सकेका थिएनन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैंकल्पिक प्रणालीबाट विद्याथी सिकाइ सहजीकरण निर्देशिका २०७७ को परिधिमा रहेर विद्यालय संचालन गर्न भनेपछि मोरङ जिल्लाको पथरीशनिश्चरे नगरस्थित शिक्षा शाखाले समेत २५ गते एक बैंठक गरेको थियो ।
उक्त बैंठकले विद्यालय संचालन सम्बन्धमा गरेको निर्णयसहितको सूचना शिक्षा शाखाका उप सचिव शालिग्राम काफ्लेले पनि प्रकाशन गर्नु भएको छ । अब यसक्षेत्रका सम्पुर्ण विद्यालयहरुले जोखिम र सहजतालाई हेरेर विद्यालय खोल्न सक्ने छन् ।
विद्यालयहरुले अलग अलग दिनमा फरक फरक कक्षा संचालन गर्न गराउन पाउने भएका हुन् भने जोर बिजोर दिनका आधारमा जोर बिजोर कक्षा चलाउन सक्नेछन् वा कुनै पनि वैकल्पिक विधि अपनाएर सिकाइ सहजीकरण गर्न सकिने बताइएको छ ।































