मिस झापा बन्नको लागि किशोरीहरु प्रशिक्षणमा

0
832

चारपाने ।

वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा सम्पन्न हुने मिस झापा २०२१ को लागि छनौटमा पर्न सफल किशोरीहरुलाई आजबाट प्रशिक्षण दिन सुरु गरिएकोे छ । प्रशिक्षण २१ दिन सम्म हुने छ । आउदो कात्तिक दोस्रो हप्ता मिसझापा छनोट तथा घोषणा कार्यक्रम हुने छ ।

मिस झापा बन्नको लागि १८ बर्ष देखि २५ बर्ष उमेर समूहका २१ जना किशोरीहरु तालिममा सहभागी रहने छन् । प्रतियोगिताको लागि २१ जना सहभागीमा १५ जनामात्र हुनुहुन्छ भनेर आमसंचारले राखेको जिज्ञाषामा संयोजन संस्थाका एलसी श्रेष्ठले भने ‘छनौटमा परेका २१ जना किशोरी मध्ये पहिलो दिन १५ जनाको उपस्थिती भएको छ, बाँकी ६ जना आज पारिवारिक समस्या र प्राविधिक कारणले आउन सक्नु भएन उहाँहरुले अबको प्रशिक्षणहरुमा सहभागी जनाउनु हुने छ ।’

आज बिर्तामोड स्थित सरगम संगितालयको हलमा प्रशिक्षण उद्घाटन भएकोे छ । कार्यक्रम तालिका अनुसार बिर्तामोडकै फास्ट ट्रयाकमा पनि तालिम संचालन हुने छ । वीरता जेसीजका जीवनकुमार खड्काको संयोजकत्वमा हुने मिस झापा २०२१ सम्पन्न गर्न आयोजकले तयारी पनि सुरु गरेको छ ।

तिन हप्ते प्रशिक्षणको सहजीकरण कोरियोग्राफर भूमिका लिम्बुले गर्ने छिन् भने तालिम अवधीमा विभिन्न विधागत अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराईने छ । जस अन्तरगत मोडललिङ विधा संगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, ग्रामिण पर्यटन, नेतृत्व, व्यक्तित्व विकास जस्ता तालिमहरु प्रदान गरिने संयोजक खड्काले बताए ।

बिर्तामोडमा स्थापित संस्था वीरता जेसीज र बिर्ता मिडियाले यस पटकको मिस झापा प्रतियोगिता विगतको कार्यक्रम ढाचालाई परिमार्जन गरेर भव्य र स्तरिय बनाउने योजना बनाएको विर्ता मिडियाका प्रवन्धन निर्देशक, वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले बताएका छन् ।

मिस झापाको उपाधी प्राप्त गर्ने प्रतियोगीले मिस नेपालमा सिधै भागलिन सक्ने, टिभिएसको स्कुटर र विभिन्न छात्रवृद्धि र उपहारहरु प्राप्त गर्ने आयोजक संस्था वीरता जेसीजले जनाएको छ ।

वीरता जेसीजका अध्यक्ष राजिव धिमालको अध्यक्षता र वीरता जेसीजका पूर्व अध्यक्ष नेपाल जेसीजका पूर्व उपाध्यक्ष विशाल थापाको प्रमुख आथित्यतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, चलचित्र निर्देशक दिनेशराज शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत संयोजक जीवनकुमार खड्का, धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष विकाश बस्नेत, संयुक्त सचिव टिकाराम खतिवडाले जेसीज आस्था वाचन र संचालन महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

वीरता जेसीजले सन् २०१४ देखि मिस झापा प्रतियोगिता सुरु गरेको हो झापाको पहिलो मिस झापा रचना उप्रेती बनेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here