झापाका प्रजिअ तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृत दाहालको विदाई

0
846

झापा ।

सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि निस्तेज पार्दै कोरोना संक्रमण समेत फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई नागरिक अभिभन्दन गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लामा क्रियाशील रहेका विभिन्न तीसबटा भन्दा बढी संघ संस्थाले प्रजिअ तिमिल्सिनालाई नागरिक अभिनन्दन सहित सम्मान गरेका हुन् । प्रजिअ तिमिल्सिनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं सरुवा भएसंगै झापावासीले नागरिक अभिनन्दन सहित बिदाई गरेका हुन् । बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच प्रजिअ तिमिल्सिनालाई विदाई गरिएको थियो ।

प्रजिअ तिमिल्सिना झापामा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, कोभिड महामारीको समयमा सिमा क्षेत्रमा चेक जाँचलाई कडाई पार्दै उच्च सर्तकता अपनाएको , सबै झापावासीलाई कोभिड १९ विरुद्धको खोप दिलाउन उच्चतम पहल गरेको, कोभिड १९ को पीसीआर परीक्षणका लागि झापामा पीसीआर ल्याव सञ्चालनमा ल्याउन पहल गरेको लगायतका महत्वपूर्ण काम गरेको भन्दै प्रजिअ तिमिल्सिनाको झापावासीले प्रशंसा गरेका थिए ।

झापावासीले गरेको अभिनन्दन पछि बोल्दै प्रजिअ तिमिल्सिनाले विद्युतीय रेलमार्गको मुआब्जा बितरणको काम भने आफ्ना पालामा पूरा गर्न नसकेको बताउनुभयो । उहाँले झापाका राजनीतिक दलहरुको भूमिका अन्य जिल्लामा भन्दा फरक र रचनात्मक पाएको भन्दै सबै दलको खुलेर प्रशंसा गर्नुभयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी लगायतले प्रजिअ तिमिल्सिनाले झापामा रहदा गरेको कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।

सोही समारोहकाबीच पाँचथर सरुवा भएर जान लागेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाललाई विदाई गरिएको थियो ।

झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र सचिव कुशल खतिवडाले प्रजिअ तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृतको सम्मान पत्र बाचन गर्नु भएको थियो भने कार्यक्रमको संचालन बिर्तामोड बिर्तामोड खानेपाली संस्थाका सचिव मेघराज वास्तोलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here