झापा ।

भद्रपुरस्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाले हरि गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
वीरेन्द्र माविको सभा हलमा शनिवार सम्पन्न साधारण सभाले आगामी चार वर्षीया कार्यकालका लागि उपाध्यक्षमा भरत पोखरेल, सचिवमा टिकाराम उप्रेती,सह सचिवमा मीनप्रसाद पोखरेल ,कोषाध्यक्षमा उर्मिला गौतम सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा गोमा घिमिरे ,निर्मला भट्टराई ,गङ्गा नेपाल ,विपिन भट्टराई ,घनश्याम अधिकारी,र ससीम पोखरेललाई चयन भएका छन् । त्यसैगरी हरिकिसोर आचार्यको संयोजकत्व भरत लम्साल र कुबेर बराल सदस्य रहने गरी लेखा समिति गठन गरिएको निर्वाचन समितिका संयोजक गोपाल आचार्यले जानकारी दिए ।
संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्ञानोदय शिक्षक बचतका गोपीकृष्ण न्यौपाने, प्रकाश कृषि सहकारीकी मञ्जु पोख्रेल, नेपाल लेखापढी सहकारीका महेश भट्टराई लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा लक्ष्मीदेवी राउतलाई उत्कृष्ट बचतकर्ता, मुकुन्द प्रसाद शर्मालाई उत्कृष्ट ऋणी र वीरेन्द्र न्यौपानेलाई उत्कृष्ट अनिवार्य बचतकर्ताको रुपमा सम्मान गरिएको थियो । उमा देवी लम्साल र कालीप्रसाद घिमिरेलाई ज्येष्ठ सदस्यको रुपमा तथा सुरेन्द्र शर्मा र प्रविधि पोखरेललाई शेयर सदस्य सन्ततिको रुपमा सम्मान गरिएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष हरि गौतमले राखेको कार्यक्रमको सञ्चालन टिकाराम उप्रेतीले गरेका थिए।































