नवजागरण सहकारीको नेतृत्व चयन

0
607

सुरुङ्गा ।

नव जागरण सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुरुङ्गाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको आठांैं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले जनार्दन उप्रेतीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जानुका आचार्य, सचिवमा बद्रीकुमार दाहाल, कोषाध्यक्षमा डिल्लीराम पौडेल, सदस्यहरूमा दयानन्द नेपाल, पवित्रा उप्रेती र शर्मिला कुँवर रहेका छन् ।

त्यस्तै, सागर ओली संयोजक, उपेन्द्र अधिकारी र चित्रकुमारी बस्नेत सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन गरिएको छ । तेजबहादुर आचार्यको संयोजकत्वमा प्रेम न्यौपाने र उमाप्रसाद अधिकारी सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेलेको थियो ।

झापा निर्वाचन क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको साधारणसभामा सभाको अध्यक्षता समेत गरेका संस्थाको सञ्चालक समितिका अध्यक्ष उप्रेतीले आ.व. २०७७/०७८ को समीक्षा र आ.व.२०७८÷०७९ को कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिका कार्यक्षेत्र भएको सो सहकारी संस्थामा हाल १ सय ५ महिलासहित २ सय १६ जना शेयर सदस्य रहेका छन् ।

संस्थाको गत असार मसान्तसम्मको कुल चुक्ता शेयर पूँजी ६० लाख २८ हजार ८ सय रुपैयाँ रहेको छ । उक्त सहकारीले सुपथ मूल्यमा वीउविजन,मलखाद, पशुआहार विक्री गर्ने गरी सहकारी पसल सञ्चालनमा ल्याएको संस्थाका कोषाध्यक्ष डिल्लीराम पौडेलले जानकारी दिए ।

कार्यक्रमका वक्ताहरुले सो सहकारी सबल, सक्षम, समृद्ध, नमुना योग्य र शेयर सदस्यहरुलाई बढी लाभांश बाँड्न सक्ने बनोस् भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक तेजबहादुर आचार्य, एक्सल बैंक केन्द्रीय कार्यालय विर्तामोडका कर्जा विभाग प्रमुख शिवकुमार गिरी, सिद्धार्थ बैंक सुरुङ्गा शाखा प्रबन्धक श्याम नेपाल, कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड सदस्य युवराज चम्लागाई, भगवती साकोस सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका सचिव बद्रीकुमार दाहालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here