फाल्गुनन्द एयरपोर्टमा नेपाल एयरलाइन्सको जहाज सफल अवतरण

0
304

इलाम, 

इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सफल अवतरण गरेको छ।

एयरलाइन्सको नाइन एबिटी कल साइनको ट्विन अटर विमान बुधवार बिहान १०:०२ बजे अवतरण गरेको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९:०५ बजे उडेको थियो।

परीक्षण उडान संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा भएको प्रवक्ता खड्काले जानकारी दिइन्। परीक्षण उडानको प्रतिवेदनका आधारमा निगमले नियमित उडानको तयारी अघि बढाउने बताएको छ।

विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिएको हो। आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ। विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो। काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज एक घण्टा दुई मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here