दुर्गम गाउँपालिकामा बजार अनुगमन

0
483

दार्चुला,

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गर्नुभएको छ ।

उहाँ नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे हो ।उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको थियो । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उहाँले बताउनुभयो ।

यसअघि बजार अनुगमन सदरमुकाम खलङ्गा केन्द्रित मात्रै हुने गरेको थियो । नयाँ वर्षको बेला गाउँमा झन् अखाद्य वस्तु ढुवानी हुने हुँदा अपी हिमाल पुगेको बेला बजार अनुगमन गरिएको सहायक प्रजिअ साउदले बताउनुभयो । सदरमुकाम खलङ्गाबाट एक दिन लगाएर उक्त गाउँपालिका पुगिन्छ । अहिले पनि गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । सडक नहुँदा तीन÷चार घण्टा लगाएर स्थानीयवासीले पिठ्यूँमा समान ढुवानी गरेर लैजान्छन् ।

बजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत गङ्गाकुमारी मगर, तेजराम महरा, नरेन्द्रसिंह महरा, जनप्रतिनिधि शान्ति धामी र पत्रकार योगेन्द्रसिंह धामीलगायतको सहभागिता थियो ।

गाउँपालिकाले ग¥यो स्वागत

बजार अनुगमन तथा घुम्ती नागरिकता शिविर सञ्चालनका लागि पहिलो पटक अपी हिमाल पुगेको सहायक प्रजिअ हेमन्ती साउँद नेतृत्वको टोलीलाई अपी हिमाल गाउँपालिकाले स्वागत गरेको छ । महिला सहायक सिडियोका रुपमा दार्चुला पुग्नुभएका साउद पहिलो उक्त गाउँपालिका पुग्नुभएको हो ।

उहाँको टोलीलाई गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले स्वागत गर्नुभयो । नागरिकता घुम्ती शिविर गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here