मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–६ का ६४ बर्षीय देवीप्रसाद तामाङ र ३२ बर्षीय मणिकुमार तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत चैत्र ३० गते राती पौने १० बजेको समयमा स्थानीय देवीप्रसाद तामाङ र ४१ बर्षीय गणेश भनिने मानबहादुर तामाङ बीच झगडा भएको र बाबुलाई कुटपिट गरेको भनेर देवीप्रसादका छोरा ३२ बर्षीय मणीकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए ।
घाईते मानबहादुरलाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख ३ गते बिहान मृत्यु भएको थियो ।
घटनाको लगत्तै फरार रहेका दुवै बाबु छोरालाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले वैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































