लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

0
367

तेह्रथुम।

तेह्रथुमको लालिगुरास नगरपालिका–४ बसन्तपुरबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टुटेदेउरालीका ३० बर्षीय राम गुरुङ रहेका छन् । बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना ४ ख ९२१० नम्वरको यात्रुबहाक बसको बनोटमा लुकाईछिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुससन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here