काठमाडौँ,

गणतन्त्र दिवस तीन दिन भव्य रुपमा मनाउन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । नियमित रुपमा बस्ने कार्यालय प्रमुखको बैठकमा आज उहाँले तीन दिन नागरिक समाज र सबै सरकारी कार्यालयमा दीप प्रज्ज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउन निर्देशन दिनुभएको हो ।
गणतन्त्र दिवस राष्ट्रिय पर्व भएकाले यसमा सबै कार्यालयमा र वरपर सरसफाइ गर्न र रचनात्मक एवं सिर्जनात्मक काम गर्न पनि प्रजिअ दाहालले निर्देशन दिनुभएको छ ।
सो अवसरमा प्रजिअ दाहालले भर्खरै सम्पत्र भएको स्थानीय तहको निर्वाचनमा आ–आफ्ना क्षेत्रबाट सहयोग राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राजनीतिक दललाई बधाई तथा शुभकामना दिँदै निकट सुरु हुने मनसुन र त्यसबाट उत्पत्र हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
नदीनालामा भत्किन लागेको पुल र बाटा बचावटको काम गर्न सम्बन्धित कार्यालयलाई सचेत गराउँदै प्रजिअ दाहालले भत्रुभयो, “सरकारले साप्ताहिक दुई दिनको बिदा दिँदा कर्मचारीले समयमा कार्यालय आउन र पूरा सयम बिताएर कार्यालय छाड्नुपर्छ ।”
कार्यालयमा समयमै कर्मचारी नआउने र छिट्टै जाने प्रवृतिका विषयमा जनगुनासो सुत्रु नपरोस् प्रजिअ दाहालले भन्दै बिदाको दिन सरकारी सवारी साधन नचलाउन उर्दी जारी गर्नुभयो ।
उहाँले इन्धनको मूल्य अभिवृद्धि भइरहेको अवस्थामा सरकारले इन्धन कम खपत गराउन सरकारले लागू गरेको यो नियम पालना गर्न कर्मचारीलाई आग्रह गर्दै उहाँले भत्रुभयो, “सरकारी स्वामित्वमा रहेको चल अचल सम्पति पनि सुरक्षामा ध्यान दिनु होला ।”






























