गैरकानूनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गर्ने संचालक पक्राउ

0
468

मोरङ,

गैरकानूनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका-६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक सोही ठाउँ बस्ने ३० वर्षीय सेख अलतफलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अलतफको ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा भारतबाट अवैध रुपमा राजश्व छली, चोरी पैठारी गरी राजश्व चुहावट गरी विभिन्न किसिमका पानी तान्ने मोटर पार्टस, मेसिनरी पार्टसहरु ल्याइ फिटिङ गरी गैरकानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्ड समेत प्रयोग गरी लुकाई छिपाइ स्टोर गरी राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले करिब ४ लाख ८५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका सामानहरू सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here