सडकमा अलपत्र अवस्थामा रहेका बालकको उद्धार

0
628

झापा, सडकमा अलपत्र अबस्थामा रहेका एक बालकको उद्दार गर्दै भ्वाइस अफ किड्स इटहरी पठाइएको छ । भापाको अर्जुनधाराबाट ११ वर्षीय बाल पर्वत सार्कीलाई आर्जन घिमिरे र शेखर गौतमको सहयोगमा कौशल भण्डारीले उद्धार गर्दै भ्वाईस अफ चिल्डे«न इटहरी पठाएको हो । पर्वत सानै छदा वुवा दलवहादुर सार्कीको मृत्यु भएको र आमा सुक्रमाया सार्कीको समेत मानसिक सन्तुलन बिग्रिएपछि घर छाडेर हिँडेसंगै बिचल्नी अवस्थामा रहेका बालकको उद्धार गरिएको थियो । बालकको उद्धार कार्यमा अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुघम कुँवर , सामाजिक अगुवा दिपेन चौधरीले सहयोग पु¥याएको बताइएको छ ।
वुवाको मृत्यु र आमा समेत मानसिक सन्तुलन गुमाएर घर छाडेर हिँडेदेखि नै उनी सडक पेटिमा बस्तै आएको र मागेर गुजारा चलााउँदै आएको देखेपछि मंगलवार ति वालकको उद्धार गरिएको बताइएको छ । मंगलवार उद्धार गरिएका बालकलाई अपाङ्ग शिक्षा सरोकार केन्द्र अर्जुधारामा राखिएको र वुधवार इटहरी लगिएको भाण्डारीले बताए ।
भण्डारीले यस अघिपनि सडकमा अलपत्र अवस्थामा रहेका मानिसको उद्धार गर्दै आएका छन् भने अशक्त र असाहयको हेरचाहमा विशेष सहयोग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here