बिर्तामोड ।

झापाको बिर्तामोडमा लामो समय देखि सौन्दर्य ब्यवसाय गर्दै आएकी उमा कटुवाल (भण्डारी) जिल्लाकै उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत भएकी छिन् ।
सामाजिक विकास मन्त्रालय प्रदेश न १ को आयोजनामा विराटनगरमा आयोजित उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा उद्यमी भण्डारीलाई सम्मान गरीएको हो ।
कार्यक्रममा प्रदेश नं–१ का ठुला उद्यमीहरुको समेत उपस्थिती रहेको थियो । सम्मानित भण्डारी लाई नगद ५० हजार रुपैंया र प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको हो ।
सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुमहम्फे, सचिव दीर्घराज मैनाली तथा महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतको सहभागिता रहेको थियो ।
प्रदेश १ का २८ जना उद्यमीहरु सम्मानित भएको कार्यक्रममा झापावाट बर्तिामोडकी भण्डारी र भद्रपुरमा खाद्य उद्योग सञ्चालन गर्ने उद्यमी सर्मिला कार्की सम्मानित भएका हुन् ।































