भूमि समस्या सम्वन्धि विभिन्न पालिकाका जनप्रतिनिधिसित अन्तरक्रिया

0
535

छविराज ढकाल/ पथरीशनिश्चरे,

पूर्वी मोरङका पालिकाका जनप्रतिनिधिहरुसँग भूमि सम्बन्धी समस्या समाधानका विषयमा राष्ट्रिय भूूमि आयोगले कानूनी अवस्था, त्यसको प्रक्रिया र भूमिको वस्तुस्थितिका बारेमा छलफल गरेको छ ।

मोरङ्गको बेलबारीमा आयोजित कार्यक्रममा मोरङ्ग जिल्ला र पालिकास्तरमा भूमिको समस्या समाधानको कार्ययोजना निर्माण गरेर योजनावद्ध अघि बढ्नु पर्ने औंल्याउनु भएको हो । नापी विभागका अधिकृत मणि रेग्मीले सहजिकरण गर्दै वडा र पालिकादेखि जिल्ला आयोगसम्मको कानूनी चरणवद्ध प्रक्रियाका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आफ्नो नगरसहित कानेपोखरी लगायतका पालिकाहरुमा विद्यमान समस्या उल्लेख गर्नुभएको थियो। नगरप्रमुख तुम्वापोले पहिले ढालफाँड गरी जोतभोग गर्ने एउटा र त्यसको पछि पूर्जा निकाल्ने अर्काे भएकाले त्यसको छानविन गरी वास्तविक जोतभोग गर्नेलाई लालपूर्जा प्रदान गर्ने प्रक्रिया आयोगले अघि बढाउनु पर्ने बताउनु भयो ।

सुन्दरहरैंचा नगर प्रमुख केदार गुरागाईं, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, रतुवामाई नगर प्रमुख नागेश्वर सिंह तथा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले वास्तविकता पहिचान गरी तल्लोस्तरका जनताको समस्या समाधानमा केन्द्रित भएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र जिल्ला अध्यक्ष सुशीला घिमिरेले पालिकाहरुको सहकार्य मात्रै नभएर वडादेखि पालिकासम्मको सिफारिसमा यथार्थतामा आधारित भएर आयोगले काम गर्ने जनाउनु भयो ।

जिल्ला अध्यक्ष घिमिरेले अघिल्ला आयोगको पालामा पुरा हुन वाँकी अधुरा कामको प्रक्रिया अघि बढाउने काम भएको वताउनु भयो । जिल्लाका हाल ८ वटा पालिकाकामा आयोगका ३१ जना प्राविधिकबाट नापी प्रक्रियाको काम अघि बढाएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here