चिल्ड्रेनका विद्यार्थी वैज्ञानिक सम्मेलनमा

0
503

झापा ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका विद्यार्थी हालै जनकपुरमा सम्पन्न राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन २०२२मा सहभागी भएका छन् ।

देशभरिका विभिन्न जिल्लाबाट उत्कृष्ट विज्ञान परियोजनामार्फत चुनिएका विद्यालयका विद्यार्थीहरुले प्रतिनिधित्व गरेको उक्त सम्मेलनमा झापा जिल्लाबाट बिर्तामोड–१मा अवस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुल कक्षा १०का छात्रा दिव्या आचार्य, आर्जु पोखरेल र कक्षा ९का छात्राहरु दिया पौडेल र जस्मिन चौहान छनौट भएका थिए ।

प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउतद्वारा समुद्घाटित उक्त सम्मेलनमा प्रमुख वक्ता प्रोफेसर डा. रामेश्वर अधिकारी, प्रोफेसर डा. प्रमोद झाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा आफ्नो खोज पस्तुत गरेका थिए । युवा वैज्ञानिकहरुको सिर्जनशीलता र बौद्धिकतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्पन्न उक्त सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट करिब तीन सय युवा वैज्ञानिकहरुको उपस्थिति थियो ।

सम्मेलन समापनको दिन विज्ञान परियोजना प्रस्तुतिकरणमा उत्कृष्ट हुने जुनियर र सिनिएर बैज्ञानिकहरुलाई मधेश प्रदेशका माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादबले पुरस्कार वितरण गरेकी थिइन् ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका विद्यार्थीहरु यसअघि पनि नेपाल साइन्टिफिक एक्टिभिटिज तथा रिसर्च सेन्टर काठमाडौंद्वारा आयोजित राष्ट्रिय वाटर रकेट प्रतियोगिता तथा अन्यविभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here