वागेडाँगीद्धारा सम्मान

0
276

लक्ष्मीपुर ।

अर्जुनधारा–५ लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सव वर्षको दोस्रो चरण अन्तर्गत सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

सो अवसरमा त्रिदेवी सहकारी संस्था लि.का संस्थापक सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु तथा अण्डर फिप्टीन साफ च्याम्पियनशीप फुटबल खेलाडी सिम्रन राईलाई सम्मान गरिएको हो । उक्त सहकारी संस्थाद्वारा वर्षभरि नै विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाइने भएको छ ।

कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रजत महोत्सव उपसमिति संयोजक सूूर्यप्रसाद रिमालको अध्यक्षता रहेका थियो । संस्थाका अध्यक्ष छविलाल लम्सालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सहसंयोजक रुद्र ओलीले स्वागत गरेका थिए । कनकाई–८ स्थित दुुर्गा मन्दिर परिसरमा भएको कार्यक्रममा मन्दिरका उपाध्यक्ष धनकुुमारी सुुवेदी, पूूर्व अध्यक्षहरु दुुर्गाप्रसाद पराजुली र उमानाथ लम्साल, रामप्रसाद गिरी, समाजसेवी सुनिता सिग्देल, मानबहादुुर कार्की, केदार चुुडाल, वेनुराज सुवेदी, रिता गिरी लगायतको आतिथ्य रहेका थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक यशोदा कार्कीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here