यूएईमा नेपाली बिजनेस काउन्सिलको नेटवर्किङ डिनर

0
75

दुबइ ।

नेपालका लागि यूएई (यूनाईटेड अरब ईमिरेट्स) का पूर्व राजदूत साईद हम्दान अल नक्बीले संसारकै सुन्दर देश नेपालमा आफ्नो कार्यकालको ६ बर्ष अबिस्मरणीय रहेको भन्दै नेपाल र नेपालीको प्रशसा गरेका छन् ।

यूएईमा ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरुको संस्था नेपाली बिजनेस काउन्सिल दुबइले आयोजना गरेको ‘नेटवर्किङ डिनर’ कार्यक्रममा नक्बीले उक्त कुरा बताएका हुन् । नक्बी गत डिसेम्बर महिनामा आफ्नो कार्यकाल सकेर यूएई फर्केका थिए । हाल उनी यूएईको परराष्ट्र मन्त्रालयमा कार्यरत छन् ।

बिहीवार दुबइको बिजनेस वे स्थित आईरिस बेमा सम्पन्न कार्यक्रममा यूएईमा ब्यवसाय गरिरहेका नेपाली ब्यवसायी सहित भारत, श्रिलँका, बाङ्लादेश र फिलिपिन्सका बिजनेस काउन्सिलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाली बिजनेस काउन्सिलका अध्यक्ष असिफ अली सिद्दिकीले एक आपसमा चिनजान र पारस्परिक सहयोगको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बिभिन्न देशका बिजनेस काउन्सिललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष सिद्दिकीले पूर्वराजदूत नक्बीलाई समेत मायाको चिनो प्रदान गरेका थिए ।

त्यसैगरी नेपाली समाज यूएई र नेपाल पत्रकार महासंघ यूएई शाखालाई नेपाली समुदायमा पुर्याएको महत्वपूर्ण योगदानको लागि बिशेष सम्मान गरिएको थियो । नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल र नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले उक्त सम्मान ग्रहण गरेका थिए ।

आयातको हिसाबले यूएई नेपालको चौथो ठुलो ब्यापारिक साझेदार मुलुक हो । सन् २०२१ को तथ्याँक अनुसार यूएईबाट नेपालले ५५ अर्ब रुपैयाँको सामान आयत गरेको छ भने यही अवधिमा ४५ करोड रुपैयाँको सामान नेपालबाट यूएई निर्यात गरेको छ । तीन लाख नेपालीहरु कार्यरत रहेको यूएईमा झण्डै एक हजार नेपाली ब्यवसायी रहेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here