अर्जुनधारा–८ फाइनलमा

0
245

अर्जुनधारा,शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको फाइनलमा अर्जुनधारा–८ पुग्न सफल भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा अर्जुनधारा–६ लाई २–३ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ फाइनलमा पुग्न सफल भएको हो ।
अर्जुनधारा–८को जीतका लागि खेलको १३औं र ३५औं मिनेटमा निखिल तामाङले दुई गोल गरेका थिए । त्यसैगरी थप एक गोल खेलको ३७औं मिनेटमा समिर हेमरमले गरेका थिए ।
त्यस्तै पराजित टिमका लागि खेलको २५औं र ६४औं मिनेटमा इश्वर मेचेले दुई गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी विजयी टिमका खेलाडी समिर हेमरमलाई अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले एक जोर बुट हस्तान्तरण गरेका थिए ।
भोलि(शनिबार)को अन्तिम समीफाइनल खेल अर्जुनधारा–१ र अर्जुनधारा–७बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here