मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

0
73

झापा ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृष्णहल नजिकै पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका १० का १८ वर्षीय हपन हेमरनलाई ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here