अर्जुनधारा ।

किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिले निर्माण शुरु गरेको अर्जुनधारा–९ स्थित मुन्धुम सांस्कृतिक उद्यानलाई दाताहरुबाट फलामको बेञ्च प्राप्त भएको छ ।
राई जातीको संस्कार र संस्कृतिसँगै उनीहरुको इतिहास बारे जानकारी दिने उद्देश्यले निर्माण गरिएको उद्यानमा आफ्ना पितृहरुको स्मृतिमा दाताहरुबाट ६ वटा बेञ्च प्राप्त भएको अध्यक्ष विजय साङपाङ राईले जानकारी दिए ।
बेञ्च प्रदान गर्ने दाताहरुमा अर्जुनधारा–६ निवासी प्रेम+चन्द्रा चाम्लिङ राई, अर्जुनधारा–७ निवासी सविन+आशा वान्तवा राई र अर्जुनधारा–८ निवासी धनकुमार+सुनिता चाम्लिङ राई रहेका छन् ।
त्यसैगरी सामाजिक अभियन्ता अर्जुनधारा–४ निवासी मीना ओलाखाम राईको पहलमा तीन वटा बेञ्च प्राप्त भएको समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए । सामाजिक अभियन्ता राईसहित अर्जुनधारा–४ निवासी माया ओलाखाम राई र हाल भारतको हैदराबादमा रहेका विकास+सीता ओलाखाम राईबाट बेञ्च प्राप्त भएको हो ।

त्यस्तै सामाजिक अभियन्ता राईले छोरा रमेशकुमार राईको ३७औं जन्मोत्सवको सन्दर्भमा बिहीबार एक कार्यक्रमकोबिच किराया अर्जुनधारा नगर कार्यसमितिलाई एक थान साउन्ड सिस्टम प्रदान गरेको छ ।
कार्यक्रममा किराया झापाका सदस्य क्या.शिवकुमार चाम्लिङ राई, समितिका सल्लाहकारहरु कुसुम थुलुङ राई, चन्द्रकला राई, नारायणबहादुर चाम्लिङ राई, भरतसिंह दुमी राई र मिश्राकुमारी वान्तवा राई, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बालगायतको सहभागिता रहेको थियो ।































