बुद्धशान्ति प्रेस क्लबको वार्षिक भित्तेपात्रो विमोचन

0
16

बुद्धशान्ति।

बुद्धशान्तिका पत्रकारहरुको छाता संगठन बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८२ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

शनिवार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो ।

भित्तेपात्रो विमोचन पश्चात प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रसाईंले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पत्रकारहरुले खोज पत्रकारीतामा जोड दिन आग्रह गरेका छन् । उनले स्थानीय निकायले स्वास्थ्य, शिक्षा, पूर्वाधार, बिकास निर्माण जस्ता क्षेत्रमा गरेका महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले आगामी दिनमा पत्रकारको तालिम तथा क्षमता अभिबृद्धिका लागि पालिकाले सहकार्य गरेर अगाडि बढ्ने समेत बताएका छन् ।

बिशेष अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष खतिवडाले पछिल्लो समय पत्रकारीतामा विकृति बढ्दै गएकाले पत्रकारीता पेशामा नै दाग लाग्दै आएको बताए । उनले कँहिकतै पत्रकारहरुले पक्ष र विपक्ष गर्दै समाचार सम्प्रेषण गर्ने गरेकाले वास्तविक समाचार भन्दा भिन्न समाचार सम्प्रेण भई आम नागरिकलाई भ्रम पैदा हुने गरेकाले यस्ता भ्रम छर्ने पत्रकारीता लामो समय सम्म टिक्न नसक्ने बताउँदै पत्रकारलाई खोज र तथ्यमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले नयाँ बर्षको शुभकामना दिँदै आगामी दिनमा पालिका र क्लब बिचको सहकार्य झनै अपरिहार्य रहेको बताए ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्ले, क्लबका सल्लाहकार गंगाराम गड्तौला, टंक काफ्ले विकल्प, संस्थापक सचिव दिपेन लावती लगायतले नयाँ बर्ष २०८२ को शुभकामना दिएका थिए । बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएका कार्यक्रमको सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । कार्यक्रममा क्लबका अन्य पदाधिकारीरुको समेत उपीसथति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here