वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

0
340

झापा,वीरता जेसीज बिर्तामोड र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको छ ।
वीरता जेसीजको अगुवाईमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको हो । बुधवार संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा कक्षाको उद्घाटन गरिएको थियो ।
वीरता जेसीज वर्ष २०२५ का कानूनी सल्लाहकार अमरजीत शाह संयोजनमा भएको कार्यक्रमको अध्यक्षता वीरता जेसीज सन २०२५ का अध्यक्ष युवराज कुँवरले गरेका थिए । सोही अवसरमा बिर्तामोड एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक राज कार्की र वीरता जेसीजका अध्यक्ष कुँवर बीचमा गरिएको सहमति पत्रमा हस्ताक्षर गर्दै निःशुल्क कम्प्युटर शिक्षा प्रदानका लागि गरिएको सहमति पत्र साटासाट गरेका थिए ।  
विद्यार्थीलाई प्राविधिक शिक्षा आवश्यक रहेको र त्यसमाथि कम्प्युटर शिक्षा अनिवार्य रहेको भन्दै वीरता जेसीजको अगुवाईमा रहेक वर्ष विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको छ । यो तेस्रो वर्षको कार्यक्रम हो । यस अघि वीरता जेसीजका अध्यक्ष एकराज गिरी र घनश्याम चौधरीको कार्यकालमा बिर्तामोड एजुकेशन फाउण्डेशनसंगको सहकार्यमा दुई वटा कार्यक्रम सञ्चालन भएका छन् । विद्यार्थीलाई एड्भान्स कोर्षसम्मको निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने बताइएको छ । कम्प्युटर कक्षा तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
वीरता जेसीज बिर्तामोडमा अध्यक्ष कुँवरले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बोल्दै संविधान सभा सदस्य शिवाकोटीले वीरता जेसीजले हरेक वर्ष नयाँ र रचनात्मक कार्य गर्दै आएको र विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्नुले शिक्षा क्षेत्रमा समेत उदाहरणीय कार्य गरेको धारणा राखे ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष मदन वुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेल, वीरता जेसीजका पूर्व अध्यक्ष घनश्याम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजका संस्थापक हेनरी गेन्सवियरको तस्वीरमा माल्यापर्ण गर्दै शुभारम्भ गरिएको कार्यक्रमममा जेसीज आस्था वाचन संयुत्त सचिव सुवाश त्रिखत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here