प्रशिक्षणमुलक अन्तरक्रिया

0
416

 

बिर्तामोड, कात्तिक ७ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि झापाले सहकारीका विविध विषयमा प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न गरेको छ । शिक्षक भवन बिर्तामोडममा सञ्चालक, लेखालगायत विभिन्न उपसमिति,कर्मचारी र सदस्यहरुको क्षमता अभिवृद्घि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले बताए ।

शिक्षक भवन बिर्तामोडमा भएको कार्यक्रममा सञ्चालक, लेखालगायत विभिन्न उपसमिति, कर्मचारी र सदस्यहरुकोकाम कर्तव्य र अधिकारका बारेमा राष्ट्रिय सहकारी बैकका लेखा समिति सदस्य लक्ष्मीप्रसाद उप्रेती र सहकारी र अन्य वित्तिय संस्थाका बारेमा झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी प्रशिक्षण प्रदान गरेका थिए ।received_1655299018095387

कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन अवसरमा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वराललाई स्वागत सम्मान गरिएको थियो । शिक्षक साकोसकातर्फबाट अध्यक्ष गौतमले भरखरै जिल्ला शिक्षा कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका जिशिअ वराल मायाको चिनो प्रदान गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । साकोश अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष हरिप्रसाद न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here