गर्मीमा स्वास्थ्यका लागि दुधभन्दा बढि दही खानु लाभदायक

0
617

नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दही दूध हामीलाई मन पर्ने खानेकुरा भित्र पर्दछ ।

दूध र दही सजिलै जहाँ पनि पाउन पनि सकिन्छ । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । अपच हट्छ दहीमा भुटेको जिरा पिसेर त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।टाउको दुखाइ हटाउँछ बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।

वजन घटाउँछ पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ । पोषण प्रदान गर्छ दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ ।

हड्डी बलियो बनाउँछ दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ ।एसिडिटी हटाउँछ एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ । बाथको असर कम गर्छ बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।मुटु बलियो बनाउँछ दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ ।

दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ ।रोगप्रतिरोधात्मक क्षमता बढाउँछ दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । चिन्ता हटाउँछ दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ । जसले चिन्तामुक्त हुन मद्दत गर्छ ।

अनुहार चम्किलो बनाउँछ दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ । दूधको अभाव पूर्ति गर्छ अपच हुने समस्या, एलर्जीलगायत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस् ।

दूधबाट शरीरले पाउने यावत लाभ दहीले पनि दिन्छ ।यौनशक्ति बढाउँछ यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ ।व्यायामपछि लाभदायक दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ । व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ । रुघाखोकी कम गर्छ रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ ।

दाँत स्वस्थ राख्छ दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।कपाल झर्न रोक्छ दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने । यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ । कपाल उम्रिन्छ दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्रँदै जान्छ ।

रतन्धो हटाउँछ राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ ।जिब्रोको समस्या दहीको पानीले बिहान कुल्ला गर्नाले अथवा दहीमा पाकेको केरा मिसाई खानाले जिब्रो पोल्ने अथवा जिब्रो सुनिने समस्या कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here