रोङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

0
553

गणेश अर्याल / इलाम,

प्रदेश सभा सदस्य काजीमान कागतेले मुलुक आम नागरिकको भएको र जनप्रतिनिधि पात्र मात्र भएको बताएका छन् ।

इलामको रोङ गाउपालिकाको बार्षिक सार्बजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै बर्तमानको अनुपातमा आएको बजेट निरन्तर आइरहनु र बजेट अनुसारको कार्यान्वयन भइरहनु हो भने १० बर्षमा बर्तमानको सबै समस्या समाधान हुने बताए । बिगत लामो समय सम्म स्थीर सरकार नभएकाले देशमा बिकास नभएको बताउदै देशको बिकास हुनको लागि स्थीर सरकार आवस्यक रहेको पनि बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराईलीले गाउपालिकाले गरेको सार्बजनिक सुुनुवाइ र प्रस्तुत भएको सूचकांकले गाउपालिकाको बिकासमा प्रगति देखिएको बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगर नेपाली काग्रेसका लक्ष्मीकान्त घिमिरे नेकपाका बृहस्पति घिमिरे लिम्बुवानका होमबहादुर लिम्बु लगायतले पनि प्रश्न जिज्ञासा सुझाब सहित सम्बोधन गरेका थिए ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाले गत आर्थिक बर्ष भरीमा गरेको प्रगति तथा कार्यक्रमको सम्बन्धमा गाउपालिका अध्यक्ष शमसेर राईले सहभागिलाई जानकारी गराएका थिए । उपाध्यक्ष चन्द्रकला राइले स्वागत मन्तब्य राखेको कार्यक्रम पत्रकार राजकुमार दाहालको सञ्चालनमा सम्पन्न भएको थियो । सार्बजनिक सुनुवाइमा रोङ १ का प्रशास खाती, रोङ ३ का योगेश चाम्लिङ रोङ ६ का राजिब राई रोङ ४ का रनबहादुर गुरुङ, सरस्वती माबिका प्रधानाध्यापक प्रेमबहादुर राई, चन्द्रकला आबिका प्रअ गजेन्द्र दाहाल, ले बिभिन्न जिज्ञासा प्रश्न तथा सूझाबहरु राखेका थिए ।

त्यसैगरी रोङ ६ का गोबिन्द पौडेल, रोङ ६ कै राजिब राई, रोङ १ का देबकुमार राई, रोङ ३ का डाइमन्ड तिम्सिना कृष्णकुमार श्रेष्ठ लगातले प्रस्नहरु राखेका थिए । सहभागि सबैले गाउपालिकाको बिभिन्न योजना कार्यान्वयन तथा आगामी योजनाको बारेमा जिज्ञासा राखेका थिए ।

सार्बजनिक सुनुवाइ कार्यक्रमको समापन गर्दै गाउपालिका अध्यक्ष सम्सेर राईले बिगतको भन्दा यस पटकको सार्बजनिक सुनुवाइमा जनता बिकासको पाटोमा सक्रिय भएको पाइएको बताए । जनताको चासो बिकास सग जोडिएकाले बिधी र प्रक्रिया बाट चासो समाधान गर्दै लैजाने बताए । क्रिसल एडभरटाइजिङ तथा क्रिएसन प्रालिले सहजीकरण गरेको कार्यक्रममा १ सय बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here