दूध र पानीको स्वच्छतामा जोड

0
509

मेचीनगर।

नागरिकको स्वास्थ्य तथा सुविधा कायम राख्न दूध तथा दूग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता हुनु पर्नेमा जोड दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको आयोजना र नेपाल डेरी एशोसिएशन झापाको सहआयोजनामा चारआली खानेपानीको सभा हलमा मंगलवार भएको अन्तरक्रिया उक्त कुरामा जोड दिइएको हो । मानव स्वास्थ्यका लागि चाहिने बस्तुहरुको प्रयोग र व्यवस्थापन गर्न नसक्दा विभिन्न रोगहरु निम्तिने गरेको बताइएको छ ।

डेरी, पानी उद्योगीसँग खाद्य स्वच्छताका विषयमा छलफल गरिएको कार्यक्रम मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा पशु भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापा–इलाम प्रमुख डा. गंगाराम यादव, दूध उत्पादक संघ झापा सचिव चन्द्रप्रसाद सिग्देल, उद्योगी मीनप्रकाश मैनाली, मेचीनगर–१२का वडासदस्य लीला सुब्बा राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले सञ्चालन गरेको कार्यक्रमको स्वागत भरतराज पुरीले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गाईपालकसहित दुई सय ५० जना किसानको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here