बिहीबारेमा बराह महापुराण

0
1765

बिर्तामोड।

अर्जुनधारा–५ बिहीवारे बजार लक्ष्मीपुरस्थित नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद् बराह महापुराण शुरु भएको छ ।
गत माघ ५ गतेदेखि शुरु भएको श्रीमद् बराह महापुराण आगामी माघ ११ गतेसम्म सञ्चालन गरिने पुराण आयोजक समितिका अध्यक्ष हरि खड्काले जानकारी दिए ।

पुराणको उद्घाटन मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख धु्रवराज विश्वकर्माले गरेका थिए । नवदुर्गा पाञ्चायतन मन्दिरमा १८औं पुराण लगाउने उद्देश्यले प्रत्येक बर्ष पुराणको आयोजना गरिँदै आएको र यस वर्ष १५आंै वार्षिक अनुष्ठान अन्तर्गत श्रीमद् बराह महापुराण आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष हरि खड्काले जानकारी दिए ।

पण्डित पुरुषोत्तम गजुरेलको प्रमुख वाचकत्व र पण्डित लक्ष्मीप्रसाद पोखरेलको उपवाचकत्वमा भइरहेको श्रीमद् बराह महापुराणमा द्रव्य, धान्य, तण्डुल, लवण, शर्करा, दूध, दहि, घ्यु, बस्त्र, मह, तेलको तोलादान भइरहेको उनले बताए । त्यस्तै कथा प्रवचन, भजनकिर्तन, ज्ञानमञ्च, झाँकी लगायतका विविध कार्यक्रम भइरहेको अध्यक्ष खड्काले बताए । बिर्तामोड, माघ ७। अर्जुनधारा–५ बिहीवारे बजार लक्ष्मीपुरस्थित नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद् बराह महापुराण शुरु भएको छ ।

गत माघ ५ गतेदेखि शुरु भएको श्रीमद् बराह महापुराण आगामी माघ ११ गतेसम्म सञ्चालन गरिने पुराण आयोजक समितिका अध्यक्ष हरि खड्काले जानकारी दिए । पुराणको उद्घाटन मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख धु्रवराज विश्वकर्माले गरेका थिए । नवदुर्गा पाञ्चायतन मन्दिरमा १८औं पुराण लगाउने उद्देश्यले प्रत्येक बर्ष पुराणको आयोजना गरिँदै आएको र यस वर्ष १५आंै वार्षिक अनुष्ठान अन्तर्गत श्रीमद् बराह महापुराण आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष हरि खड्काले जानकारी दिए ।

पण्डित पुरुषोत्तम गजुरेलको प्रमुख वाचकत्व र पण्डित लक्ष्मीप्रसाद पोखरेलको उपवाचकत्वमा भइरहेको श्रीमद् बराह महापुराणमा द्रव्य, धान्य, तण्डुल, लवण, शर्करा, दूध, दहि, घ्यु, बस्त्र, मह, तेलको तोलादान भइरहेको उनले बताए । त्यस्तै कथा प्रवचन, भजनकिर्तन, ज्ञानमञ्च, झाँकी लगायतका विविध कार्यक्रम भइरहेको अध्यक्ष खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here