नयाँ स्थानमा गुद्री बजार सञ्चालन

0
1080

मोरङ ।

विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली भएको छ ।

गुद्री बजार महानगरपालिकाले तीन महिना अगावै खाली गर्न गरेको प्रयासलाई बजार सञ्चालकले बेवास्ता गर्दै आएका थिए । लकडाउनमा गुद्रीमा दिनदिनै लाग्ने भीड नियन्त्रण गर्न प्रशासनलाई निकै समस्या भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यही चैत २२ गतेभित्र बजार खाली गर्न दिएको कडा निर्देशन पछि आज गुद्री बजार बस पार्कको पश्चिम नागेश कोइरालाको खाली जग्गामा सरेको जिप्रकाले जनाएको छ । सो जग्गा गुद्री बजार सञ्चालकले मासिक रु।तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि भाडामा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here