पूर्वी नाका ठप्प हुँदा पेट्रोलियम ब्यवसायी मर्कामा

0
655

बिर्तामोड ।

भारत स्थित पश्चिम बंगाल सरकारले नेपालसंगको सिमावर्ती नाका ठप्प पारेसंगै अति आवश्यक सामग्री पूर्वी नाका कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयबाट भित्र्न छाडेको छ । अति आवश्यक सामग्रीको रुपमा रहेको पेट्रोलियम पदार्थ समेत पूर्वी नाकाबाट भित्र्न छाडेपछि ब्यवसायी मारमा परेका छन् ।

सरकारले गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थ खुल्ला रुपमा समेत विक्रि वितरण गर्न नपाएका ब्यवसायी पूर्वी नाका समेत बन्द हुदाँ विराटनगरबाट पेट्रोलियम पदार्थ ल्याएर बेच्न बाध्य भएको मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नविन कोइरालाले बताए । उनले भने–नेपाल र भारत दुवैदेशमा अहिले लकडाउन छ । त्यसमा पनि पूर्वी नाकाबाट आउने पेट्रोलियम पदार्थ ल्याउन नपाउँदा विराटनगरबाट महंगोमा ल्याएर सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।

अध्यक्ष कोइरालाका अनुसार विराटनगरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा टाढा पर्ने भएकाले पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैंया बिक्रि मुल्य भन्दा बढी पर्ने गरेको छ । सरकारले तोकेको मुल्य भन्दा बढी लिएर पेट्रोलियम पदार्थ बिक्रि गर्न नपाईने भएपछि एक सातादेखि झापाका पेट्रोलियम ब्यवसायीहरुले प्रति लिटर एक रुपैया घाटा खाएर पेट्रोल र डिजेल विक्रि गरिरहनु परेको उनको भनाई छ ।

लकडाउनको समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरकारी सवारी साधन, सञ्चारकर्मीका सवारी साधन र अत्यावश्यक सामग्रीका सवारी साधन सञ्चालनका लागि पेट्रोलियम पदार्थ अति आवश्यक भएकाले पनि घाटा खाएर भए पनि विक्रि गरिरहेको तर लामो समय यो अवस्थामा पेट्रोलियम पदार्थ विक्रि गर्न नसकिने कोइरालाले जानकारी दिए ।

सरकारले तत्काल पूर्वी नाकाबाट नै पेट्रोलियम पदार्थको आयातमा सहजीकरण गर्नुपर्ने र त्यस्तो अवस्था नभए ब्यवसायीहरुलाई सरकारले क्षतिपूर्तीको ब्यवस्था गरिदिन अध्यक्ष कोइरालाले माग गरे । पूर्वी नाकाबाट आयत भएको पेट्रोलियम पदार्थ झापासंगै इलाम,पाँचथर र ताप्लेजुङका विभिन्न पम्पहरुबाट विक्रि हुदैं आएका छन् । विराटनगरबाट ल्याउन आफुहरुलाई टाढा पर्ने भएकाले पेट्रोलियम ब्यवसायीले अहिले घाटाको ब्यपार गर्नु परिरहेको ब्यवसायीहरुले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here