सोलुखुम्बु,
सोलुखुम्बु माहाकुलुङ ¯३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको चट्ट्याङले लागेर मृत्यु भएको छ ।

आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा अचानक परेको चट्ट्याङले लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।































