झापा र इलामका दुई गाउँ पालिकालाई तिनतले सामुदायिक वनको सहयोग

0
881

बुधबारे ।

तिनतले सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्तिले लकडाउनका कारण खाद्यान्न अभाव झेल्नुपरेका झापा र इलामको एक /एक स्थानीय तहका नागरिकका लागि अर्थिक सहयोग गरेको छ ।

सो सामुदायिक बन ले झापाको बुद्ध शान्ति गाउँ पालिका लाई ३५ हजार र इलामको रोङ गाउँ पालिकालाई १५ हजार सहयोग गरिएको सामुदायिक बनका अध्यक्ष नन्दकुमार याफु राईले जानकारी दिनुभयो ।

दुबै गाउँपालिकामा यस बन समितिका उपभोक्ता रहेका छन् । ४ सय ३५ हेक्टरमा फैलिएको सो बन कोरोना नियन्त्रणको प्रयासमा पनि जुट्ने गरेको छ । बनले १२ स्थानमा हात धुने ब्यवस्था मिलाएको छ ।

रकम रोङ गाउँ पालिका उपप्रमुख चन्द्रकला राईलाई बनका अध्यक्ष राईले प्रदान गर्नुभएको थियो भने बुद्धशान्तिमा गाउँपालिका प्रमुख रमेशकुमार भुजेल र उपाध्यक्ष मिरा भुर्तेललाई बनका अध्यक्ष राई, उपाध्यक्ष छ्त्रबहादुर तिम्सिना, सचिव छत्रकुमारी फुयाल, सदस्य रबिका गौतम ले रकम सोमबार हस्तान्तरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here