
मेष– आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।
वृष– प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
मिथुन– पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कर्कट– समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला ।
सिंह– आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला । परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ ।
कन्या– प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । स्वविवेक प्रयोग गर्नु होला ।
तुला– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
वृश्चिक– उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ ।
धनु– चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।
मकर– बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् ।
कुम्भ – परिस्थिति त्यति अनुकूल नरहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ ।
मीन– पहिल्यै देखि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । तर, नयाँ काम गर्न समय पर्खनुहोला। साँझ पख केही कार्य सिद्धि होला ।





























