झापामा कोरोना संक्रमितको संख्या चार सय नाघ्यो

0
1080

झापा, झापामा कोरोना भाइरस कोभिड– १९ संक्रमितको संख्या चारसय नाघेको छ ।
आज नेपाली सेनाका प्युठसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या चारसय ६ जना पुगेको हो । यस अघि सशस्त्र प्रहरी र नेपाल प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गौरादह नगरपालिकामा पाँच र भद्रपुर नगरपालिकाका ३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गौरादहमा संङक्रमित मध्ये दुई जना सशस्त्र प्रहरी छन् । सशस्त्र प्रहरी बल इलाममा कार्यरत रहेका दुई जना नै घर बिदा आएका थिए । त्यस्तै साउदी अरबबाट फर्किएका तीन पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । गौरादहबाट एक सय १५ जनाको स्वाब सङ्लन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो जसमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।
यता भद्रपुर नगरपालिकामा पुष्टि भएका तीन जनामध्ये एक जना नेपाली सेनाका ३३ वर्षीय प्युठ रहेका छन् । श्री नयाँ श्रीनाथ गण चाराआलीमा कार्यरत प्यूठ सहित अन्य दुई जनामा कोरोना संक्रमण देखिएको हो । दुवै जना दुवाइवाट फर्किएका नागरिक हुन् । जसमा २५ वर्षीय महिला र ४० वर्षीय पुरुष छन् ।
यता कोरोना जीतेर घर फर्कनेको संख्या भने तीन सय ४३ पुगेको छ । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here