लक्ष्मी उप्रेती/ काँकरभिट्टा,

झापाको मेचीनगर नगरपालिकाको वडानम्बर १३ मा हालसम्म नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेलानपरेको नगरपालिकाको स्वास्थ्यशाखाले जनाएको छ ।
मेचीनगरका १५ वटा वडामध्ये अन्य वडामा गएको शुक्रबारसम्ममासशस्त्रप्रहरी बल नेपालबोडर आउट पोस्टकाँकरभिट्टामा कार्यरत तीनजनामहिला सशस्त्रप्रहरीसहित ३५ र मेचीनगरका ८८ जना गरी कुल १ सय २३ जना संक्रमित फेला परेका भएपनि १ सय १० जनानिको भएर डिस्चार्ज भइसकेको स्वास्थ्यशाखा संयोजकशशीकला राईले जानकारी दिनभयो ।
गएको बैशाख १ देखि भदौ २६ गतेको अवधिसम्ममानगरमा पीसीआर परीक्षणका ३ हजार ५ सय ३४ जनाको थ्रोड स्वाबको नमुना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर र मेचीप्रादेशिक अस्पताल भद्रपुरको पीसीआर प्रयोगशालामा पठाएको शाखा संयोजक राईले बताउनुभयो ।
मेचीनगरको धाइजनआइसोलेनमा ९ र मेचीप्रादेशिक अस्पताल भद्रपुरमा ४ गरी १३ जनाआइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् । मेचीनगरमा पुरुषको तुलनामामहिला संक्रमितको संख्याअत्यन्तै न्यून रहेको छ । नगरभरि ६७जनापुरुषसंक्रमित छन् भने महिला संक्रमितको संख्या२१ रहेको छ । नगरको ३, ८, १२ र १५ नम्बर वडामा महिला संक्रमितको संख्याशुन्य छ ।
स्वास्थ्यशाखाले दिएको जानकारी अनुसार अहिलेसम्म संक्रमितको संख्या सवैभन्दा बढी वडा नम्बर ६ र १० देखिएको छ । ती वडामा संक्रमितको संख्याक्रमस १६÷१६ छ। शाखा संयोजक राईका अनुसरा वडानम्बर ६ मा ४ महिला र १२ पुरुषतथा वडानम्बर १० मा ५ महिला र ११ पुरुष संक्रमित रहेका छन् ।
सवैभन्दाकम वडानम्बर ८ र १२ मा १÷१ जनापुरुष संक्रमित छन् । त्यसपछि वडानम्बर ५ मा ४ महिलासहित १५ जना, वडानम्बर १ मा १ महिलासहित ८ जना, वडानम्बर २ मा १ महिलासहित ६ जना संक्रमित रहेका छन् । यसैगरी, वडानम्बर ३ मा ३ जनापुरुष, वडानम्बर ४ मा १ महिलासहित ३ जना, वडानम्बर ७ मा २ महिलासहित ५ जना, वडानम्बर ९ मा १ महिलासहित ६ जना, वडानम्बर ११ मा १ महिलासहित ३ जना, वडानम्बर १४ मा १ महिलासहित २ जना र वडानम्बर १५ मा ३ जनापुरुष संक्रमित रहेको बताइएको छ । सशस्त्रप्रहरी बल नेपालबोडर आउट पोस्टकाँकरभिट्टामा कार्यरत संक्रमितप्रहरीमध्ये ३२ जनानिको भएको बताइएकोछ ।
कार्यपालिकामाआर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक कार्यक्रमको बजेट कार्यन्वयनकालागिएकदिने सहजीकरण कार्यक्रम बुधबार सम्पन्नभएको छ । नगरपालिकाको सभाहलमाभएको कार्यक्रममाउपप्रमुखमीनापोखरेल उप्रेतीले अब नगरपालिकाकाजनप्रतिनिधिदेखि कर्मचारी समेत आआफ्नो भूमिकामा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाक्षेत्रभित्रहुने स सानाविकास निर्माणका योजनामानगरपालिकामाधाउनै पर्ने वानगर प्रमुख र उपप्रमुखको मुखताक्नुपर्ने परम्परालाई पूर्णरुपमाअन्त्य गर्न नसकेपनिक्रमस अन्त्यगदैं लैजानुपर्ने उहाँको भनाई थियो ।
नगरका जनप्रतिनिधि, कार्यपालिकाका सदस्यहरु नगरपालिकाकाशाखाप्रमुखसहितको छलफलमा बोल्दैं उपप्रमुख उप्रेतीले हरेक वडाका वडा सचिवहरुदेखि जनप्रतिनिधिहरुले आआफ्नो कामकर्तव्य र अधिकारप्रतिजिम्मेवार हुनुपर्नेमा जोड दिदैं उहाँले सवैजनाले आआफ्नो कर्तव्य र अधिकारको अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
वडाका हरेकआयोजनामा सम्बन्धित वडाले अनुगमन गर्नुपर्ने नगरपालिकाले शाखाप्रमुख र जनप्रतिनिधिहरुलाई थपजिम्मेवारी बनाउने बताउनुभयो । घर नक्शा र कर व्यवस्थापनमा सवै लाग्नुपर्नै भन्दैं उहाँले हरेक कर्मचारी र जनप्रतिनिधिहर ऐन कानुन, नियमावली, कार्यविधिअनुसार चल्नुपर्ने जोड दिदैं यसैको अध्ययन गरी सवैजनाआफ्नो जिम्म्ेवारी प्रतिजवाफदेहि बन्नुपर्ने उहाँको भनाई थियो । अब हचुवा र फितलो ढंगले आयोजना सञ्चालनहुननसक्ने भन्दैं उहाँले यसतर्फ सवैजनागम्भीर बन्नुपर्ने बताउनुभयो । हरेक टोल विकास संस्थालाई चलायमानबनाउँदैं आफ्नो जिम्मेवारी बोध गराउनुपर्ने उहाँको तर्क थियो ।
नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले उपभोक्ता समिति गठन तथाअन्य संघ संस्थाको चयन ऐन नियमतथानिर्देशिका, आयोजनाको स्थलगत सर्भे, आयोजनाको सम्झौता, आयोजनाको निर्माण गर्ने, खर्चको विवरणको रेकर्ड राख्ने ्, सामाजिक परीक्षण गराउने, बीलभर्पाइ पेश गर्ने, भुक्तानीमाग गर्ने कार्यलगायतकाविषयमा क—कस्को कस्तो कस्तो जिम्मेवारी रहने भन्ने विषयमाचर्चा गर्नुभयो ।
छलफलमा विभिन्न वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, शाखाप्रमुखहरुले आआफ्नो विचार राख्नुभएको थियो ।































