झापा।

सामुहिक उद्धार तथा उपकार संघ अर्जुनधारा–७ को ११औं वार्षिक साधारण संघका अध्यक्ष विशाल शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको छ ।
जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शिवाकोटीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशाल कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गौतम, अर्जुनधारा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगाना, नगरपालिकाका कृषि शाखा प्रमुख उर्मिला राजवंशी, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नि सिग्देल, शनिश्चरे उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाँईले शुभकामना मन्तव्य राखेका थिए ।
सामुहिक उद्धार तथा उपकार संघले एकआपसमा ऐंचोपैंचो नामकरण गरेर आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएकोमा यसलाई व्यवस्थित गर्ने लक्ष्यका साथ विशाल कृषि सहकारी संस्थाको सेवा कार्यालयको समेत उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि बस्नेत र विशेष अतिथि गौतमले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा संघका उपाध्यक्ष रमेश त्रिखत्रीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघकी सदस्य उर्मिला दाहालले गरेकी थिइन् ।































