गडिगाउँ माविको वार्षिक उत्सवमा दर्जनौं पुरस्कृत

0
306

बुद्धशान्ति ।

झापाको बुद्धशान्ति ५ स्थित श्री गडिगाउँ माविले आफ्नो ६२ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ ।कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण विद्यालयले आयोजना गरेको एक दिने वार्षिक उत्सव तथा साँस्कृतिक कार्यक्रममा दर्जनौं ब्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । वार्षिक उत्सव समारोहको उद्घाटन प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले पानसमा वत्ती बालेर गरेकी थिइन् ।

विद्यालयमा स्थापित विभिन्न ८ वटा अक्षयकोषमार्फत ३१ जना जेहेन्दार एवम् उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । हालसम्म विभिन्न दाता तथा शिक्षासेवी महानुभावहरुबाट विद्यालयमा ७ लाख ५० हजारबढीको अक्षयकोष स्थापना गरिएको छ । जसमा नगद रु २ लाख ७५ हजारको स्व. पुष्प पौडेल स्मृति अक्षयकोषबाट कक्षा १२ मा उत्कृष्ट स्थान हासिल गर्ने छात्र अनुप खनाल र छात्रा कृतिका थापालाई जनही नगद रु ९ हजार ५ सयसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा शैषिक वर्ष २०७६ सालमा कक्षा १ देखि १२ सम्म उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाईसमेत पुरस्कृत गरिएको थियो । त्यस्तै स्व. इन्द्रबहादुर एवम् जनककुमारी कार्की स्मृति अक्षयकोषबाट कक्षा ११ मा उत्कृष्ट हुने छात्र सुजन सुनुवार र छात्रा इशा खतिवडालाई जनही नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

अन्य अक्षयकोषहरु स्व. हरिप्रसाद एवं विष्णुप्रसाद खतिवडा स्मृति अक्षयकोष, स्व. भद्रिका, लिला एवं ठाकुरप्रसाद खतिवडा स्मृति अक्षयकोष, स्व. धर्मानन्द पौडेल स्मृति अक्षयकोष, स्व. नबिन राई स्मृति अक्षयकोष, श्री कमलादेवी बस्नेत स्मृति अक्षयकोष, इन्द्रबहादुर एवं जनक कार्की स्मृति अक्षयकोष तथा स्व. गोबिन्दप्रसाद गड्तौला स्मृति अक्षयकोषमार्फत शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको हो । सोही अवसरमा एसएसली बर्ष २०४८ का पूर्व विद्यार्र्थीहरुबाट विद्यालयमा अक्षयकोष निर्माणका लागि नगद रु १ लाख ६ हजार विद्यालयलाई प्रदान गरिएको छ ।

त्यस्तै वर्ष उत्कृष्ट अनुशासीत विद्यार्थीबाट छात्रतर्फ कक्षा ९ का सञ्जय लिम्बू र छात्रातर्फ कक्षा ८ की रञ्जु भट्टराईलाई पुरस्कृत गरिएको छ । वर्ष उत्कृष्ट अभिभावकतर्फ आइतबहादुर लिम्वूलाई सम्मान गरिएको छ ।


त्यस्तै वार्षिक उत्सवकै अवसरमा आयोजित प्रतियोगितातमक नृत्य प्रतियोगितामा मावितह अन्तर्गत गोदावरी सदन र प्रावितह अन्तर्गत सुनाखरी समूहले प्रथम स्थान हासिल गरेको छ । कार्यक्रमा विद्यार्थी एवं शिक्षकहरुको तर्फबाट विविध प्रस्तुती गरिएको थियो ।

वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयमा मावि तहमा कार्यरत शिक्षक युवराज खतिवडालाई दोसल्लासहित नगद रु ५ हजार एवं प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि भुर्तेल, गाउँपालिका शिक्षा शाखा प्रमुुख कमलप्रसाद निरौला, वुद्धशान्ति सामाजिक विकास समिति संयोजक एवं विद्यालयका पूर्व शिक्षक शम्भूप्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष निलमणी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रध्यानाध्यापक घनश्याम आचार्य तथा सञ्चालन शिक्षकद्वय दुर्गानाथ ढकाल र नेत्रप्रसाद पोख्रेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here