बिर्तामोड ।
नेपाल ट्रेड युनियन काँग्रेस भद्रपुर नगर समितिको अध्यक्षमा प्रविन घोष चयन भएका छन् ।

भद्रपुर नगर क्षेत्रमा विभिन्न संघमा कार्यरत श्रमिकहरूको प्रथम भद्रपुर इकाइ अधिवेसनले घोषको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति गणेश पोखरेलको अध्यक्षता तथा नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन भद्रपुर नगर सभापति राम कट्टेलले गरेको नेपाल ट्रेड युनियन काँग्रेस झापाका सहसचिव जीवनकुमार खड्काले जानकारी दिए ।































