मोरङ।

मोरङको रतुवामाई नगरपालिक –३ का ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
बुधवार बेलुका ५ बजे सोही स्थानमा मे ११ प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो ।
घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षयकुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।































