बिर्तामोड ।
वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा.गोविन्द कँडेललाई प्राञ्जल क्लिनिक बिर्तामोडले एक कार्यक्रमका बीच सम्मानसहित विदाइ गरेको छ ।

प्राञ्जल क्लिनिक बिर्तामोडमा विगत चार वर्षदेखि वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियनको रुपमा कार्यरत् डा.गोविन्द कँडेललाई विरामीको सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मानसहित विदाइ गरिएको प्राञ्जल क्लिनिक बिर्तामोडका सञ्चालक विनय डाँगीले जानकारी दिए ।
भरतपुर असपताल चितवन सरुवा भएर जान लागेका डा. कडेललाई प्राञ्जल क्लिनिक बिर्तामोडका सञ्चालक विनय डाँगी चन्द्रा अधिकारी डाँगी , मिस्ट कलेज दमकका संस्थापक राजेन्द्र पौडेल , कर्मचारीलगायतले सम्मानसहित विदाइ गरेका थिए ।

मेची प्रादेसिक अस्पताल भद्रपुरमा विगत साडे चार वर्षदेखि वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियनको रुपमा कार्यरत् डा. कँडेल कोरोना संक्रमणको समयमा मेची प्रादेसिक अस्पताल भद्रपुरको कोभिड रेपिड रेस्पोन्स टिमको संयोजक पदमा रहेर कोरोना संक्रमित विरामीको उपचारमा तल्लीन रहेका थिए ।

कोरोना संक्रमणको समयमा आफ्नो ज्यानको समेत परवाह नगरी कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको भन्दै डा. कडेललाई वीरता जेसीजले सम्मान समेत गरेको थियो ।

त्यसैगरी मेची प्रादेसिक अस्पताल भद्रपुरमा स्थापित पीसीआर परिक्षण प्रयोगशालाको प्रमुखको रुपमा कार्यरत डा. प्रतिमा शर्मालाई समेत सम्मानसहित विदाइ गरिएको बताइएको छ ।































