झापा।

झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका –१० का ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका विरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































