चालक अनुमति पत्रको परीक्षा सहज

0
1065

झापा ।

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रणाली खुकुलो बनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स वितरणका लागि नयाँ कार्यविधि स्वीकृत गर्दै लाइसेन्स वितरणमा सहज बनाएको हो । जोठ १ गतेदेखि लागू हुने गरी विभागले ‘‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ ’’ स्वीकृत गरेको हो ।

उक्त कार्यविधि अनुसार अनुमति पत्रका लागि दिइने ३० अंकको लखित परीक्षामा पहिले नै सर्वजनिक गरेको ५०० वटा प्रश्नपत्रबाट सोधिने छ । जसमा ८० प्रतिशत अङ्क ल्याउँदा लिखित परीक्षामा उत्तीर्ण हुने छ ।

साथै प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० प्रतिशतसम्म ल्याएमा उत्तीण गरिनेछ । उक्त नियम ठूला सवारी साधनमा भने लागू नहुने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here