पेस्तोल सहित एक जना पक्राउ

0
975

सुनसरी ।

सुनसरीको कोशी गाँऊपालिका–४ स्थित जुद्धगंजबाट हतियार सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका –१ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई आइतबार राती अस्थाई प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित पक्राउ गरेको हो ।

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनी माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here