कुकुरको बन्ध्याकरण अभियान प्रभावकारी बनाऊ

0
466

 

सडकमा छाडा रहेका कुकुरले निम्त्याउने समस्या न्यूनीकरणका लागि बिर्तामोड नगरपालिकाको अगुवाईमा त्यस क्षेत्रमा कुकुर बन्ध्याकरण शिविर शुरु भएको छ । पहिलो दिननै २९वटा कुकुरको बन्ध्याकरण गरिएको शिविर चैत १० गतेसम्म सञ्चालन हुने समाचार प्रकाशमा आएको छ । शिविरमा सामुदायिक तथा निजी रुपमा पालिएका कुकुरको समेत बन्ध्याकरण सेवा उपलब्ध गराइने बुझिएको छ । नगर क्षेत्रमा कुकुरकै कारण धेरै समस्या उत्पन्न भइरहेको बेला बिर्तामोड नगरपालिकाले थालेको यो काम प्रशंसनीय छ ।
सडकमा छाडा रहेका कुकुरले मानिस तथा चौपायलाई खेदीखेदी टोक्ने गरेपछि बुट्टाबारीस्थित सरस्वती माविका विद्यार्थी विद्यालय जान नै डराएको अभिभावकको गुनासो छ । कतिपय विद्यार्थीलाई अभिभावकले नै विद्यालय पु¥याउने गरेका छन् । त्यही क्षेत्रमा १२भन्दा बढी खसी बाख्रा कुकुरले टोकेको पनि नगरपालिकामा उजुरी परेको छ । चियावारी तथा खोल्साखाल्सीमा लुकेर बसेका त्यस्ता कुकुर, मानिस, चौपाय देख्नासाथ टोक्न झम्टिने गरेका छन् । सकडमा छाडा कुकुरको संख्या बर्षेनि बढ्दो छ । त्यस्ता कुकुरले टोक्दा रेविजको संक्रमणको जोखिम बढेको छ । यी समस्यालाई दृष्टिगत गरी अब त्यस्ता कुकुरको संख्या बढ्न नदिन बन्ध्याकरण गरिएको तथा रेविजविरुद्धको भ्याक्सिनसहित जुकाको औषधि समेत खुवाइएको छ ।
नगरपालिकाले सडकमा छाडा रहेका तथा सामुदायिक रुपमा रहेका कुकुरबाट हुने जोखिमपूर्ण घटना न्यूनीकरणकै लागि अघिल्लोसहित चालूबर्षमा तीन लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । कुकुरले टोक्दा रेविजको संक्रमणले मानिस तथा चौपायको ज्यानै जान्छ । चौपायलाई टोकेको रहेछ भने त्यसको दूध तथा ¥यालबाट समेत रेविजको संक्रमण फैलन्छ । कुकुरकै कारण सवारी दुर्घटना पनि भएका छन् । सवारी साधनको ठक्कर तथा अन्य कारणबाट मरेका कुकुरको उचित व्यवस्थापन समयमै नगरिँदा दर्गन्ध फैलिनुका साथै त्यसबाट विभिन्न रोग संक्रमणको जोखिम उत्तिकै छ ।
कुकुरलाई इमान्दार ‘पाले’ अर्थात सुरक्षाको रुपमा घर–गाउँमा पाल्ने चलन रहे पनि समयमा रेविजविरुद्ध भ्याक्सिन नलगाउँदा अझ छाडा रुपमा रहेका कुकुरका कारण समस्या बढ्दो छ । यस्ता समस्या न्यूनीकरणका लागि कुकुरको बन्ध्याकरण, रेविजविरुद्धको भ्याक्सिन लगाएर जोखिम घटाउने, नगरपालिकाको अभियानलाई सफल बनाउनु सबै नगरवासीको कर्तव्य हो । यसो भयो भने मात्र कुकुरबाट हुने घटना दुर्घटना न्यूनीकरणमा टेवा पुग्छ । यस्तो कार्य प्रभावकारी बनाउनु जरुरी छ । यस्तो कार्य अन्य गाउ,ँ नगर क्षेत्रमा पनि अनुशरण गरी कुकुरका कारण हुने घटना–दुर्घटना कम गर्न सचेतता तथा अग्रसरता देखाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here