मेचीनगरमा ३४ जनाले कोभिड जिते,मृत्युहुनेको संख्या १० पुग्यो

0
646

काँकरभिट्टा,

झापाको मेचीनगरमा ३४ जना कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्केका छन् ।

कोभिड नियन्त्रण कार्यदल संयोजक नवीन वरालका अनुसार नगरपालिकाले सञ्चालनमा ल्याएको मेचीनगर—११ स्थित धाईजनको आईसोलेसन सेन्टर, मेची प्रादेशिक अस्पताल भद्रपुर, विराटनगरको कोशी अस्पताल, वीपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरान लगायतका विभिन्न अस्पतालबाट मेचीनगरका संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।

मेचीनगरमा हाल ४ सय १३ जना संक्रमित रहेका छन् । यसैबीच मेचीनगरमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार मेचीनगरका एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसअघि नगरका विभिन्न वडाका ९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

५० वर्षीय ती पुरुषको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा विहान ५ वजे मृत्यु भएको मेचीनगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास समिति संयोजक नबिन बरालले बताउनुभयो । मेचीनगर–१५ स्थित ज्यामिरगढी निवासी उनको केहि दिनदेखि सोहि अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास्थ्यमा थप समस्या आएपछि मेची अस्पताल लगिएको थियो । शुक्रबार दिउसो स्थानीय नदीमा नेपाली सेनाको टोलीले दाहसंस्कार गरिएको संयोजक बरालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here