मेची–महाकाली बुहारी संयुक्त आवाजद्वारा सिर्जनाको मृत्युप्रकरणमा चासो, सीडीओलाई ज्ञापन

0
939

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा सोमबार युवतीको शव फेला परेको विषयमा तत्काल वास्तविकता सार्वजानिक गर्न मेची–महाकाली बुहारी संयुक्त आवाजले माग गरेको । अर्थनग्न अवस्थामा २५ वर्षीया सिर्जना बस्नेतको शव घर अगाडी फेला परेपछि हत्या भएको भन्दै स्थानीयले प्रहरीलाई वास्तविकता सार्वजानिक गर्न माग गरेका छन् ।

यसै सन्र्दभमा मेची–महाकाली बुहारी संयुक्त आवाजले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर महिला हत्याका घटना बढेको भन्दै सुरक्षाको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापन पत्र बुझाउदैं सिर्जनाको विषयमा सत्य तथ्य तत्काल सार्वजानिक गर्न माग गरेका हुन् ।

झापा संयोजक शिखा खडका गणेशको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पगेको टोलीमा सस्थाकी जिल्ला उपाध्यक्ष गंगा भट्टराई , सचिव कबिता थापा सह–सचिब अम्बिका दाहाल गिरी कोषाध्यक्ष परु सुवेदी, उप शाखा दमक संयोजक जमुना निरौला ,उप शाखा भद्रपुर संयोजक दीक्षा काफ्ले लगायतको सहभागिता रहेको थियो ।

बुहारी संयुक्त आवाजले इलाका प्रहरी कार्यालय अनारमनीमा समेत ज्ञापन पत्र बुझाएको थियो । शरीरमा चोटपटक र अर्धनग्न अवस्थामा युवतीको शव फेला परेपछि शव पोष्र्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय बिर्तामोडको सुरक्षा ब्यवस्था प्रति स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here