मोरङ।

मोरङको विराटनगर महानगरपालिका १३ नहरबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।
सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































