बिर्तामोडमा फिमेल स्पीच च्याम्पियनसीप हुँदै

१२ मंसिर २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड ।

वीरता लेडी जेसीजको आयोजनामा सहारा फिमेल स्पीच च्याम्पियनसीप झापा हुने भएको छ ।

महिला सशक्तिकरणका लागि यही मंसीर १८ गतेदेखि सो वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको हो । झापा जिल्लाभरिका सामुदायिक र संस्थागत विद्यालयका छात्राहरुबीच सो प्रतिष्पर्धा गराउन लागिएको संस्थाले जनाएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले जेसीजको आकर्षक पक्ष वक्तृत्वकला पनि भएकाले यसपटक सहारा नेपालसँगको सहकार्यमा सो प्रतियोगिता गर्न लागिएको बताइन् ।

उनले मंसीर १८ गते हुने पहिलो अडिसनमा एउटा निर्वाचन क्षेत्रबाट ३ जनाका दरले १५ जनालाई छनौट गरी फाइनल अडिसन गराइने जानकारी दिइन् । फाइनल अडिसन मंसीर २३ गते हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुनेले क्रमशः २१ हजार , ११ हजार र ५१ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ५० भन्दा बढी प्रतिष्पर्धी सहभागी हुने अपेक्षा गरिएको आचार्यले बताइन् । प्रतियोगितामा सहआयोजकको रुपमा जिल्लाका १५ वटै शाखा रहेका छन् ।

पत्रकार सम्मेलनमा वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेल , निवर्तमान अध्यक्ष सुष्मा भण्डारीले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

वीरता लेडी जेसीजले राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगिताको उपाधि जितिसकेको छ । गत वर्ष नेपाल जेसीजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा नेपाल प्रथम सेलिसा उप्रेती भएकी थिइन् भने सन् २०२१ मा इनरुवामा सम्पन्न क्षेत्र ‘क’ सम्मेलनमा वीरता लेडी जेसीजकी कृतिका आचार्य दोस्रो भएकी थिइन् ।

भर्खरै जेसीज सप्ताह सम्पन्न गरेको बताउँदै अध्यक्ष आचार्यले आफ्नो एक वर्षको कार्यकालमा ३० वटाभन्दा बढी कार्यक्रम गरिसकेको जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here