झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
577

बिर्तामोड ।

झापाका छुट्टा–छुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग, अन्र्तगत झापाको बिर्तामोड–६ बुट्टाबारीमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बर म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदैं गरेको प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा– ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछमडी सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

गम्भिर घाइते मोटर साइकल चालक दिलीपको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सवारी प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उता ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गौरादह पाडाजुङ्गी सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ स्थित गुरुङचोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल छन्। ट्रक, मोटरसाइकल र दुवै चालकलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here