धनकुटामा पुरुषको शव फेला

0
478

धनकुटा,


धनकुटा नगरपालिका–९ को गुठीटारमा एक पुरूष मृत फेला परेका छन्। महेन्द्र राईको खाली घरमा केही दिनदेखि बस्दै आएका तेह्रथुम घर बताउने करिब ६० वर्षीय टंक ओझ मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सुरज कार्कीले खाली घरमा मानिस मरेको भनेर स्थानीयले खबर गरेपछि घटनास्थल गई प्रारम्भिक अनुसन्धान थालेको बताए।

ओझाले केही दिनदेखि गाउँमा माग्दै आएको बताए। उनले तेह्रथुम घर बताए पनि वास्तविक ठेगाना यकिन नभएको प्रहरी जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। उनको शव बिहीबार राति ९ बजे फेला परेको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here