प्रदेश एकको गठबन्धनमा राप्रपा र लिम्बुवानसंग पनि तालमेल गर्ने निर्णय

0
735

दमक,

नेपाली कांग्रेसको नेतृत्वमा रहेको दलीय गठबन्धनलाई प्रदेश एकमा थप विस्तार गर्ने गठबन्धनमा आवद्ध दलका नेताहरुले निर्णय लिएका छन ।

इटहरीमा आज बसेको गठबन्धन सम्बद्ध दलका नेताहरुको बैठकले एक नम्बर प्रदेशमा क्रियाशील राप्रपा र संघीय लिम्बुवान मञ्च समेतलाई गठबन्धनमा सहभागी भई चुनावी तालमेलको लागि आव्हान गर्ने र सहभागिताका लागि वार्ता संवाद अघि बढाउने निर्णय गरेको जनाइएको छ ।

सो बैठकले आगामी स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलका उम्मेदवारहरुलाइ विजयी गराउने संकल्प प्रस्ताब पनि पारित गरेको छ ।

प्रदेशमा रहेका पार्टी प्रमुखसहित नेकाबाट महामन्त्री उमेश थापा (माओबादी केन्द्र) बाट शिव कुमार डाँगी , नेकपा एकीकृत समाजवादीबाट धर्म निरौला र जनता समाजवादी पार्टीबाट उमेश थापा सम्मिलित निर्वाचन गृहकार्य समिति पनि गठन भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here